‘चरी चट्ट परी…’मा दयाहाङ र स्वेताको ठुमका

‘चरी चट्ट परी…’मा दयाहाङ र स्वेताको ठुमका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ अभिनेत्री स्वेता खड्काले निर्माण एवं अभिनय गरेको सिनेमा ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

राजनराज सिवाकोटीको शब्द/संगीतमा तयार भएको ‘चरी चट्ट परी…’ बोलको गीतमा संगीतकार स्वयम् र अन्जु पन्तको स्वर छ । गीतको भिडियोमा स्वेता खड्का, दयाहाङ राई, प्रज्वलसुजल गिरी, भूमिका श्रेष्ठ लगायतका कलाकार फिचरिङ छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

प्रेसमिटमा ३३ वर्ष अगाडी निर्माण गरिएको ‘कान्छी’का कलाकारद्वय शिव श्रेष्ठ र शर्मिला मल्ललाई माला लागएर सम्मान गरियो । यम थापाले लेखेको ‘कान्छी’को कथालाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाश र स्वेताको लागि यो ‘कान्छी’मा सहकार्य हुन् धेरै वर्ष लाग्यो । अन्तिम समय आकाशले निर्देशन गरेको ‘कोहिनूर’ स्वेताले अभिनय गरेकी थिइन् ।

निर्देशक अधिकारीले स्वेतासँगको सहकार्य बारे मिडियालाई प्रस्ट्याए । ‘स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछी स्वेतालाई पुन: यहिँ क्षेत्रमा आउँन सबैको सुझाव थियो । स्वेता कलाकारितामै केहि गर्छु भनेर अभिनय यात्रा थालेकी थिइन् । स्वेताको सपना पुरा गर्ने श्री जिको सपना थियो । अहिले उहाँको सपनाको बाटो हुँदै दुवैको सपना पुरा हुने गरि स्वेता पुन: अभिनयमा फर्केकी छन् । स्वेतालाई स्वागत छ ।’ अधिकारीले भने ।

काया फिल्मस् र बूम रेमिटको प्रस्तुतिमा निर्माण भएको ‘कान्छी’मा गीतमा फिचरिङ कलाकारका अलावा निर शाह, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामा लगायतको पनि अभिनय छ ।

माघ २६ मा रिलिज हुने सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, र शैलेन्द्र खड्का/रविन खड्काको लगानी छ ।