दया र श्वेताले चितवनमा के भने ?

दया र श्वेताले चितवनमा के भने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कहाँ भेटिएला’बाट डेब्यु गरेकी अभिनेत्री श्वेता खड्काले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँगै चार सिनेमा गरिन् । ‘कहाँ भेटिएला’ पछी ‘हाँसीदेउ एकफेर’, ‘श्रीमान-श्रीमती’ र ‘कोहिनूर’मा अभिनय पस्किसकेकी श्वेता अभिनित ‘कान्छी’ अब रिलिजको केहि दिन मात्र टाढा छ ।

यस सिनेमामा दयाहाङ राईसँग जोडी बाँधेकी श्वेतालाई अहिले गीत, ट्रेलर र पोस्टरबाट सकारात्मक प्रतिक्रिया आईरहेका छन् । फागुन ४ देखि अलनेपाल रिलिज हुन् लागेको सिनेमाको टिम अन्तिम साता मोफसल टूरमा निक्लिएको छ ।

यसैक्रममा ‘कान्छी’ टिमले आइतबार चितवनमा प्रेसमिट गरेर सिनेमाको बारेमा अन्तर्क्रिया गर्यो । चितवनलाई आफ्नै माइतीघर ठान्ने श्वेताले भनिन् ‘ मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माईतीघर भन्न रुचाउँछु ।’ श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’को छायाँकन चितवनमा गरिएको थियो । स्व.शिव रेग्मी निर्देशित उक्त फिल्ममा श्वेताको अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । स्व.निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन पुग्दा श्वेताले सम्झिइन् । ‘श्वेताको ‘कान्छी’ धेरै सफल होस् । यसैगरी हिम्मत गरेर अगाडी बढ्नु’ ज्ञानुले भनिन् ।

त्यस्तै दयाले ‘कान्छी’ समसामयिक विषयबस्तुमा दर्शक रिझाउने सिनेमा बनेको बताए । उनले भने ‘सानो सपना र ठुलो दुःख भोगाइको कथा नै ‘कान्छी’ हो । तर, यही पुरुषवादी सोचको ‘कान्छी’ होइन, ममतामयी ‘कान्छी’ हो ।’

आकाश अधिकारी निर्देशित सिनेमामा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, अभिनेत्री अनु शाह, कलाकारहरु कामेश्वर चौरसिया, आशान्तशर्मा, भूमिका श्रेष्ठ, प्रज्वलसुजल गिरी लगायतको अभिनय छ ।

यम थापाको स्क्रिप्टमा बनेको ‘कान्छी’मा राजनराज सिवाकोटी/अर्जुन पोखरेलको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र श्वेताकै निर्माण रहेको छ ।