कामना अवार्ड: अनमोल र बेनिशा उत्कृष्ट नायक-नायिका

कामना अवार्ड: अनमोल र बेनिशा उत्कृष्ट नायक-नायिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार ललितपुको सानेपा स्थीत ‘कामना अवार्ड’को चौथो संस्करण सम्पन्न गरिएको छ । ‘चौथो कामना अवार्ड’मा सुपरस्टार नायक अनमोल केसी र अभिनेत्री बेनिशा हमालले उत्कृष्ट नायक नायिकाको अवार्ड हात पारे । उक्त अवार्ड समारोहमा नेपाली सिनेमा क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुको बाक्लो उपस्थीती रहेको थियो ।

पछिल्लो समयका अवार्ड समारोहमा कलाकारहरुको उपस्थीती न्युन भैरहेको समयमा कामना अवार्डको चौथो संस्करणमा भने कलाकारको उपस्थीती लोभलाग्दो रहेको थियो । आयोजीत उक्त कार्यक्रममा नायक अनमोल केसीले ‘कृ’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा बेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । यता मिलन चाम्सले ‘लिलिबिली’बाट उत्कृष्ट निर्देशक बन्दा उनकै सिनेमा ‘लिलिबिली’ बर्ष कै उत्कृष्ट सिनेमा बन्न सफल भयो ।

कामना अवार्डमा हाँस्य जगतका २ महारथी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । भने पर्दा पछाडीको कलाकारका तर्फबाट संगीतकार शम्भुजित बास्कोटालाई ‘बिषेश सम्मान’ प्रदान गरिएको थियो । यस्तै कामना अवार्डमा यस बर्षको ‘स्टार अफ दि इयर’को अवार्ड अभिनेत्री प्रियंका कार्कीलाई प्रदान गरियो ।

यस्तै कार्यक्रममा, जुरी अवार्डको रुपमा सिनेमा ‘भूँइमान्छे’लाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, ‘स्पेशल मेन्सन अवार्ड’को रुपमा सुनिल थापालाई सिनेमा ‘शेरबहादुर’ र रमेश वुढाथोकीलाई सिनेमा ‘भूँइमान्छे’बाट अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, ‘क्रिटिक्स अवार्ड’ संगीतकार कालिप्रसाद बाँस्कोटालाई प्रदान गरियो । ‘क्रिटिक्स फेसन अवार्ड’ अनु श्रेष्ठ र ‘क्रिटिक्स थिएटर अवार्ड’ विरेन्द्र हमाललाई प्रदान गरियो । करिब ४ घन्टा भन्दा बढी समय चलेको अवार्ड समारोहमा नेपाली कलाकारहरुको प्रस्तुति बेजोड थियो ।अवार्ड विजेताहरुको पूर्ण सुची यसप्रकार छ;

उत्कृष्ट सिनेमा: लिलिबिली
उत्कृष्ट निर्देशक: मिल​न​ चाम्स​ – लिलिबिली
उत्कृष्ट नव-निर्देशक: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट अभिनेता: अनमोल केसी – कृ
उत्कृष्ट अभिनेत्री: बेनिशा हमाल – ब्लाइन्ड रक्स

स्टार​ अफ​ द ईय​र​: प्रियंका कार्की
उत्कृष्ट नव-अभिनेता: आशिर​मान​ देश​राज​ जोशी – ग्याङ्ग​स्ट​र​ ब्लुज
उत्कृष्ट नव-अभिनेत्री: जसिता गुरुङ – लिलिबिली
उत्कृष्ट सह-अभिनेता: शिव​ह​री पौडेल ​- श​त्रुग​ते
उत्कृष्ट सह-अभिनेत्री: वर्षा राउत – छक्का पञ्जा २

उत्कृष्ट खलपात्र​: र​मेश​ र​ञ्ज​न​ झा – संरक्षण
उत्कृष्ट हास्य कलाकार: राजाराम पौडेल – म यस्तो गीत गाउँछु
उत्कृष्ट बालकलाकार: कुशाग्र भट्टराई – पिंजडा ब्याक अगेन
उत्कृष्ट कथा: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट पटकथा: दीपकराज गिरी/प्रदीप भट्टराई – श​त्रुग​ते

उत्कृष्ट संवाद: हरिवंश आचार्य/प्रदीप भट्टराई – श​त्रुग​ते
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी – ‘सम्झनाको सारंगी’ – संरक्षण
उत्कृष्ट संगीतकार: अर्जुन पोखरेल – ‘तिमी रोएको पल’ – ऐश्वर्य
उत्कृष्ट पार्श्वगायक: सुगम पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
उत्कृष्ट पार्श्वगायिका: बानिका प्रधान – ‘उड्यो मन’ – ब्लाइन्ड रक्स

उत्कृष्ट नृत्य-निर्देशक: कविराज गहतराज – ‘कुटुमा कुटु’ – दुई रुपैयाँ
उत्कृष्ट द्वन्द-निर्देशक: हिमाल केसी – पिजंडा ब्याक अगेन
उत्कृष्ट छायाँकन: पुरुषोत्तम प्रधान – कृ
उत्कृष्ट सम्पादन: सुरेन्द्र पौडेल – कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिष कार्की – लिलिबिली

उत्कृष्ट ध्वनी मिश्रण: मुकेष शाह – लिलिबिली
उत्कृष्ट श्रृंगार: शंकर थापा – घामपानी

जुरीतर्फ

अभिनेता: र​मेश​ बुढाथोकी – भुईमान्छे
फिल्म: भुईमान्छे
​खलपात्र: सुनिल​ थापा – शेर​ ब​हादुर​
ब​र्ष​ थिएट​र​: बिरेन्द्र​ ह​माल​ – माला आर्ट​