हङकङ प्रिमियरमा रुचाईयो ‘कमलेको विहे’

हङकङ प्रिमियरमा रुचाईयो ‘कमलेको विहे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रिलिजको लागि तयार भएको सिनेमा ‘कमलेको विहे’को हङकङ प्रिमियर सम्पन्न भएको छ । हङकङ प्रिमियरमा मुख्य कलाकार अनुपविक्रम शाहीले दर्शकसँग सिनेमा हेरे ।

७ सय बढी दर्शक उपस्थित प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको अनुपविक्रम शाहीले बताए । सिनेमाको प्रस्तुति र अनुपविक्रम शाहीको अभिनयलाई दर्शकले रुचाएका छन् । हङकङ प्रिमियरको चाँजोपाँजो मनिष लिम्बुले मिलाएका थिए ।

हङकङ प्रिमियर पछाडी युके, अमेरिका र युरोपका विभिन्न शहरहरु सिनेमा देखाइने निर्माण युनिटले बताएको छ । प्रशंन्न पौडेलले निर्देशन गरेको सिनेमामा अनुपविक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी, किरण लगायतका कलाकारको अभिनय छ ।

सरिता मुभिज क्रियशनको व्यानरमा बनेको सिनेमामा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् ।