नेपाल चलचित्र कलाकार संघको १६ औं बार्षिक सभा सम्पन्न

नेपाल चलचित्र कलाकार संघको १६ औं बार्षिक सभा सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले आफ्नो १६ औं बार्षिक सभा सम्पन्न गरेको छ । शनिबार राजधानीमा एक भव्य कार्यक्रम गरि बार्षिक सभा सम्पन्न गरियो ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितको आतिथ्यमा सम्पन्न सभामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै कलाकार आरपी पन्त, गेहेन्द्र धिमाल, बसन्त श्रेष्ठ, जय श्रेष्ठ, प्रकाश धिताल, दिपिका प्रसाईं, सिनेपत्रकार गिता अधिकारी र आरके सुबेदी लगायतलाई सम्मान पनि गरियो ।

सभामा बोल्दै मन्त्री पण्डितले भने ‘घुम्न र सुटिङ गर्न जुनसुकै देशमा जानुस, तर नेपालको माया नमार्नुस । माया गरिरहनु होस् ।’

फोटो: कलाकार सुनिल कटुवालको फेसबुकबाट