कस्तो छ काजोलको तामिल कमब्याक ? (ट्रेलर)

कस्तो छ काजोलको तामिल कमब्याक ? (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री काजोलले २०१५ मा सिनेमा ‘दिलवाले’बाट कमब्याक गरिन । बक्सअफिसमा एभरेज प्रदर्शन गरेको सिनेमाले काजोललाई पहिलेको जस्तो उचाई दिलाउन सकेन ।

त्यसयता काजोल बलिउड सिनेमामा देखा परेकी छैनन् । तर, यो विचमा तामिलको एक ब्लकबस्टर सिनेमाको सिक्वेलमा काम गरिन । हुन् त उनले अभिनय गरेको ‘भीआईपी २’ पहिलो तामिल सिनेमा भने होइन । यहाँ पनि काजोलको कमब्याक नै हो । करिब २० बर्ष पहिले तामिल सिनेमामा काजोलले अभिनय गरिसकेकी थिइन् ।

अब, काजोलको तामिल कमब्याक कस्तो रहला ? यो सिनेमामा काजोलले पहिलो पटक धनुससंग स्क्रिन सेयर गरेकी छन् । बलिउडका दुई सिनेमामा अभिनय गरेर अभिनयको छाप छोडीसकेका धनुसको यो सिनेमा प्रतिक्षित हो ।

२८ जुलाईमा प्रदर्शन हुने ‘भीआईपी २’मा काजोललाई एक व्यापारी महिलाको भूमिकामा प्रस्तुत गरिएको छ । स्नातक पास गरेर पनि बेरोजगारी एक पुरुषको भूमिकाका धनुस प्रस्तुत भएका छन् ।

हेर्नुस ट्रेलर:-