सलमानको खुलासा : कटरीनाले गर्दैछिन यशराज ब्यानरको नयाँ सिनेमा

सलमानको खुलासा : कटरीनाले गर्दैछिन यशराज ब्यानरको नयाँ सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडकी सफल अभिनेत्री कटरीना कैफ गयको वर्ष ‘टाइगर जिन्दा है’मा सलमान खानसँग देखिएकी थिइन् । यो सिनेमा बक्सअफिसमा सर्वाधिक हिट सावित भएको थियो । यो सिनेमा पछि कटरीनाले आमिर खानको ‘ठग्स अफ हिंन्दुस्तान’, शाहरुक खानको ‘जीरो’, वरुण धवनको एक डान्स बेस सिनेमामा उनको हातमा छन् । यो सवै विग बजेट सिनेमा भएकाले रिलिज पहिले नै सफल सिनेमाको रुपमा हेरिएको छ ।

तीन सिनेमाका अलवा उनको हातमा प्रिंयका चोपडाले छोडेको सलमानको बिग बजेट सिनेमा ‘भारत’ र यशराज ब्यानरले निर्माण गर्ने नयाँ सिनेमा समेत साइन गरेको खुलासा सलमान खानले  गरेका छन् । सलमान यतीवेला आफ्नो व्यानरमा निर्माण भएको सिनेमा ‘लवरात्री’को प्रमोशनमा दिल्ली पुगेका छन् । जहाँ उनलाई पत्रकारले भारतमा कटरीनाको प्रवेशको वारेमा प्रश्न सोधेका थिए ।

जसको जवाफमा सलमानले भने, ‘म कटरीना प्रती आभारी छु किनकी अन्तिम समयमा पनि उनले मेरो सिनेमामा काम गर्न तयार भइन’ । यतीवेला कटरीनासँग चार बिग बजेट सिनेमा छन् । उनले चाहेको भए म अहिले व्यस्त छु, भारतमा काम गर्न सक्दैन भन्न सक्थिन तर उनले त्यसो गरिनन् । हाम्रो प्रस्तावलाई स्किार गरिन ।