बिशेष शोमा रुचाइयो ‘कायरा’

बिशेष शोमा रुचाइयो ‘कायरा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबार देखि प्रर्दशनमा आएको सिनेमा ‘कायरा’को विशेष शोको आयोजना गरिएको छ । सिनेमाको विशेष शोमा सिनेमाकर्मी र पत्रकारको उपस्थीती रहेको थियो । उक्त शोबाट सिनेमालाई उपस्थीत सिनेमाकर्मी तथा पत्रकारले मिश्रीत प्रतिक्रिया दिएका छन् ।

सिनेमा हेर्न जय नेपाल हलमा चलचित्र बिकाश बोर्ड अध्यक्ष निकिता पौडेल, सदाबहार नायिका करिष्मा मानन्धर, नायिका तथा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कोरियोग्राफर रेनेशा वान्तवा राई, नायक आमेश भण्डारी, नायिका करिष्मा श्रेष्ठ लगायत हल पुगेका थिए ।लक्ष्मण रिजालले निर्देशन गरेको सिनेमामा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो सिनेमामा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले सिनेमाका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।