आर्यनको ‘रंग छ कहाँ’ गीत रिलिज

आर्यनको ‘रंग छ कहाँ’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबार देखि प्रर्दशनमा आएको सिनेमा ‘कायरा’ले राम्रो व्यापार गरिरहेको छ । सिनेमाले प्रर्दशनको तेस्रो दिन सम्ममा करिव १ करोड १२ लाख बराबर कारोवार गरि सकेको छ । वितरक सुनिल मानन्धरका अनुसार सिनेमाले शुक्रवार र शनिबार इनिसियल व्यापार राम्रो गरेको छ । भने आइतबारबाट सिनेमाको व्यापारमा केहि गिरावट आएको छ ।

लभस्टोरी मनपराउँने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले आफ्नो लगानी उठाउन केही लाग्ने दिन लाग्ने वितरक मानन्धरले बताए । यहि विचमा सिनेमा निर्माण टिमले ‘कायरा’मा समावेश नयाँ  गीत रिलिज गरेको छ । सार्वजनिक गीतमा मुख्य कलाकार आर्यन सिग्देललाई फिचर्ड गरिएको छ ।

‘रंग छ कहाँ’ बोलको गीतमा कोसिश क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर छ । लक्ष्मण रिजालले निर्देशन गरेको सिनेमामा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो सिनेमामा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले सिनेमाका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।