फिलिपिन्समा रोमान्टिक मुडमा आर्यन र साम्राज्ञी, ‘कायरा’ गीत रिलीज

फिलिपिन्समा रोमान्टिक मुडमा आर्यन र साम्राज्ञी, ‘कायरा’ गीत रिलीज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टार फिल्म ‘कायरा’को गीत रिलिज गरिएको छ । सुखमा तिमीसँगै हाँसु कोलको गीतमा आर्यन र साम्राज्ञीलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा फिलिपिन्सको सुन्दर लोकेशनमा आकर्षक तवरले खिचिएको छ ।
सिनेमा घोषणाताका नै यी दुईको जोडी कत्तिको जम्ला भने प्रश्न थियो । अन्ततस् नतिजा आइसकेको छ । युटुबमा दुई हप्ता अगाडी आएको ट्रेलर हेर्न अधिकांश दर्शकले आर्यन र साम्राज्ञीलाई उत्कृष्ट जोडी भन्दै यि दुईको केमेस्ट्रीको खुलेर चर्चा गरेका छन् ।

सिनेमामा कोशिष क्षेत्रीरअर्जुन पोखरेलरकल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाहरमिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । सिनेमामा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिशा श्रेष्ठ, रोजेट्टे काय पब्लोको अभिनय छ ।

श्रावण १८ गते रिलिज हुने सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।