‘कायरा’को नयाँ भर्सन शुक्रबारदेखि हलमा

‘कायरा’को नयाँ भर्सन शुक्रबारदेखि हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबार देखि रिलिज भैरहेको सिनेमा ‘कायरा’ले यतीवेला नेपाली बक्सअफिसमा राम्रो ब्यापार गरिरहेको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा ९ अगस्टदेखि दुवईका विभिन्न शहरमा रिलिज हुँदैछ । सिनेमाको प्रदर्शनको लागी बुधबार आर्यन र साम्राज्ञी दुवई उडेका छन् । दुवई उड्नु अगाडी त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दुवई प्रर्दशनलाई लिएर उत्साहित देखिए ।‘कायरा’को नेपाल रिलिजमा प्राय दर्शक र सिनेमाकर्मीले स्लो र लेन्दी भएको प्रतिक्रिया दिएका थिए । सिनेमाको विशेष शोमा पनि अधिकांशले सिनेमाको यहि पक्षमा खोट लगाए । अभिनेता आर्यनले दुवई उड्दै गर्दा यस विषयमा मुख खोलेका छन् । उनले भने दर्शकाले ‘कायरा’को यो शुक्रबारबाट नयाँ भर्सन हेर्न पाउने बताए । आर्यनले भने दर्शकलाई सिनेमाको फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको बताए । उनले भने, ‘जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको छ । कति दर्शकलाई सिनेमा स्लो पनि लागेको पाएँ ।’

‘हुनत, दुई जना क्यारेक्टर भएको सिनेमा स्लो नै हुन्छ । स्पेशल शोमा पनि त्यो सुझाव पाएको थियौं । यो हप्ताको शुक्रवार वा शनिवारबाट एडिटेड र दर्शकले पूर्ण रुपमा बुझ्ने भर्सनमा सिनेमा हलमा आउँछु, आर्यनले भने । उनले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको बताए । उनका अनुसार, २ घण्टा २१ मिनेटको सिनेमा अब २ घण्टा ५ मिनेटको हुनेछ । सिनेमा हेरेका दर्शकले आर्यन-साम्राज्ञीको केमेस्ट्री, फ्रेमिङ, लोकेशन, छायांकन र डाइलगको भने प्रशंसा गरेका छन् ।