‘कायरा’ प्रचारको लागी चितवनमा आर्यन-साम्रज्ञी

‘कायरा’ प्रचारको लागी चितवनमा आर्यन-साम्रज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अगामी शुक्रबार देखि अलनेपाल रिलिज हुने सिनेमा ‘कायरा’ निर्माण युनिट देश व्यापी प्रचार प्रसारको लागी मगंलबार चितवन पुगेको हो । चितवनका दर्शक माझ सिनेमाको प्रचार गर्न सिनेमाका मुख्य दुई पात्र नायक आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह पुगेका थिए ।

चितवन पुगेर अभिनेता आर्यनले ‘कायरा’ एउटा गहिरो लव स्टोरी हो , सिनेमाको मुख्य पत्र मायामा असफल भए पछि फिलिपिन्स गएको कथाबस्तुमा चलचित्र रहेको बताएका छन् । फिलिपिन्समा सबै कुराले सजिलो भएर सिनेमाको छायांकन गर्न त्यहा गएको बताउदै। सिनेमाकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘कायरा’ मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको छ। आफुले सिनेमा खेल्नुको कारण थाहा पाउनको लागि चलचित्र हेर्ने पर्ने बताइन। आर्यन सग काम गर्दा आफुले धेरै कुरा सिकेको भन्दै आर्यनको खुलेरै तारिफ गरिन ।

चलचित्रमा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ ९आशिकी०को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।