रिलिज डेट तय गर्दै ‘कहिँ कतै’को गीत रिलिज

रिलिज डेट तय गर्दै ‘कहिँ कतै’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्रावन २५ गते रिलिज डेट तय गर्दै ‘कहिँ कतै’ सिनेमाको ‘झ्वाँईय झान’ बोलको  गीत सार्वजनिक गरिएको छ । युट्युबमा यसअघि नै सार्वजनिक गरिएको गीतलाई नेपाल रिलिजको घोषणा गरिएको हो । यसअघि भारत रिलिजको लागि गीत रिलिज गरिएको निर्माण पक्षले बतायो ।

विहिबार सम्पन्न प्रेसमिटमा निर्मात्री उमा बेबी र अभिनेता किशोर खतिवडा फिचरिङ गीत पनि देखाइएको थियो । साविर श्रेष्ठले निर्देशन गरेको ‘कहिँ कतै’को प्रेसमिटमा निर्देशक नै उपस्थित भएनन् ।

निर्मात्री बेबीले निर्देशकले सिनेमाको साथ छोडेको भन्दै प्रेसमिटमा दुखेसो पनि पोखिन् । सिनेमाको छायाँकन सकिएपछी साविरले साथ छोडेको र वास्ता नगरेको निर्मात्रीले बताइन ।

युट्युबमा सार्वजनिक गीतमा सचिन सिंहको संगीत, सचिन/सिर्जना सिलालको स्वर, गौरव अर्पणको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा शिवानी गिरी र सोनम बरफुङ्गपा फिचरिङ छन् । यी दुवै कलाकारको लागि डेब्यु सिनेमा हो ।

सिक्कीम स्थायि घर भएकी नव-अभिनेत्री गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली सिनेमामा अभिनय गरिरहेकी छिन् ।

सिनेमामा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमूख अभिनय रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।