सिवानी र सोनमको ‘कहिँ कतै’ अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – दिलिप रायमाझी स्टार सिनेमा ‘कहिँ कतै’को तिन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबीका साथमा नवकलाकार सिवानी गिरी र सोनम बरफुङ्गपालाई फिचर्ड गरिएको छ ।

उमा बेबी गिरीले निर्माण गरेको सिनेमालाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमाका मुख्य दुई पात्र सिवानी र सोनमले डेव्यु गर्दैछन् । शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन । यस्तै सिनेमामा रोशन श्रेष्ठको दन्द्ध, सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *