‘कबिर सिंह’मा शाहिद र कियाराको जोडी फाइनल

‘कबिर सिंह’मा शाहिद र कियाराको जोडी फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता शाहिद कपुरले नयाँ सिनेमामा काम गर्ने फाइनल भएको हो । शाहिद तामिल सिनेमा ‘अर्जुन रेड्डी’को हिंन्दी रिमेकमा काम गर्ने फाइनल भएको हो । उक्त सिनेमाको हिंन्दी रिमेकमा टाइटल पनि घोषणा गरिएको छ । यो सिनेमाको नाम हिंन्दीमा ‘कबिर सिंह’ राखिएको छ ।

सिनेमाको टाइटल घोषणा भएसँगै रिलिज डेट पनि सार्वजनिक गरिएको छ । यो सिनेमा २०१९ को जुन २१ मा रिलिज हुने निर्माण कम्पनीले जनाएको छ । ‘कबिर सिंह’को निर्देशन पनि तामिल सिनेमा ‘अर्जुन  रेड्डी’ का निर्देशक संदीप रेड्डी बांगाले गर्ने भएका छन् । तामिल सिनेमा ‘अर्जुन रेड्डी’ जस्तै ‘कबिर सिंह’ पनि उत्कृष्ट बन्ने विश्वास निर्माण टिमको छ ।

‘कबिर सिंह’मा नायक शाहिद कपुरले डेब्यु नायिका कियारा आडवाणीसँग जोडी बाँध्ने भएका छन् । बलिउड मिडियाका अनुसार यो सिनेमामा शाहिदको जोडीको रुपमा कियारा भन्दा पहिले तारा सुतारियालाई अफर गरिएको थियो । तर विविध कारणले ताराले उक्त सिनेमामा काम गर्न नसकेको बलिउड मिडियाले लेखेका छन् ।