कान्छी गीत: ट्रेन्डीङ नम्बर १, द्रुत भ्युज !

कान्छी गीत: ट्रेन्डीङ नम्बर १, द्रुत भ्युज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वेता खड्काको कमब्याकलाई दर्शकले रुचाएका छन् । यिनै अभिनेत्रीले कमब्याक स्वरूप अभिनय गरेको पछिल्लो सिनेमा ‘कान्छी’को गीतले युट्युबमा राम्रो रेस्पोन्स पाएको छ ।

रिलिज भएको ३ दिनमै १० लाख नजिक भ्युज गीतले पाईसकेको छ । साथै, राजनराज सिवाकोटीको शब्द/संगीत रहेको गीत ट्रेन्डीङको पहिलो स्थानमा आईपुगेको छ । युट्युब हिट गीत मापन गर्ने पछिल्लो यन्त्र बन्दा गीतको प्रतिक्रिया अनुरुप ‘चरी चट्ट परी…’ सफल भएको छ ।

यो गीतको भिडियोमा स्वेता खड्का, दयाहाङ राई, प्रज्वलसुजल गिरी र भूमिका श्रेष्ठ फिचरिङ छन् । आकर्षण सेट लगाएर तयार गरिएको गीतको कोरियोग्राफी भने चुकेको प्रतिक्रिया आईरहेको छ । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी, अन्जु पन्त र संगीतकार सिवाकोटीकै स्वर छ ।

माघ २६ मा रिलिज हुने सिनेमालाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । काया फिल्मस् र बूम रेमिटको प्रस्तुतिमा निर्माण भएको ‘कान्छी’मा गीतमा फिचरिङ कलाकारका अलावा निर शाह, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामा लगायतको पनि अभिनय छ ।

सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, र शैलेन्द्र खड्का/रविन खड्काको लगानी छ ।