कान्छी: दोस्रो रोमान्टिक गीत रिलिज

कान्छी: दोस्रो रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कान्छी’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो मन रमाउदै…’ बोलको गीत स्याड रोमान्टिक लाग्छ ।

गीतमा मुख्य कलाकारद्वय दयाहाङ राई र श्वेता खड्का फिचरिङ छन् । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा दिवाकर भट्टराईको शब्द, अन्जु पन्त/युवराज चौलागाईको स्वर र बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

हरेक उमेर समूह र परिवारका सदस्यहरु बसेर हेर्न मिल्ने सिनेमा बनेको निर्देशक आकाश अधिकारीले बताए । सिनेमामा दयाहाङ र श्वेताका अलावा निर शाह, अनु शाह, आशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वलसुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठको पनि अभिनय छ । अर्जुनसँगै राजनराज सिवाकोटी पनि संगीत रहेको ‘कान्छी’मा पुरुषोत्तम प्रधानको छायाँकन छ ।