जुनियर एनटिआर स्टारर सिनेमा ‘अरबिन्छ समेथा’को ट्रेलर रिलिज

जुनियर एनटिआर स्टारर सिनेमा ‘अरबिन्छ समेथा’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – तेलेगु सिनेमाका सुपरस्टार जुनियर एनटिआरको नयाँ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । ‘अरबिन्छ समेथा’ सिनेमाको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । उक्त ट्रेलरमा एनटिआरलाई लभरव्वाई र एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

दशैंमा रिलिज हुने सिनेमामा जुनियर एनटिआरको अपोजिटमा नायिका पुजा हेग्डेलाई जोडी बनाएर प्रस्तुत गरिएको छ । सिनेमाका निर्देशक त्रिविक्रम श्रीनिवास हुन्। यसै सनेमाका लागि एनटिआरले निकै कसरत गरेर आफ्नो शरिरलाई विशेषरूपमा परिवर्तन गरेका छन्। यो सिनेमामा इशा रेबा, सुनिल, जगपति बाबु, नागाबाबु लगायतका कलाकारको अभिनय रहेको छ।