‘जोनी जेन्टलम्यान’को सुखद सुरुवात, रुचाईयो पल र आँचललाई

‘जोनी जेन्टलम्यान’को सुखद सुरुवात, रुचाईयो पल र आँचललाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘जोनी जेन्टलम्यान’ले हलहरुमा सुखद ओपनिङ गरेको छ ।

शुक्रबार मध्यम भन्दा माथि दर्शकको साथ पाएको सिनेमाले शनिबार अझ राम्रो दर्शकको साथ पायो । शनिबार विहानी शोजमा ७५ प्रतिशत सिट भरिएका थिए । भने दिवा सेवामा नेपालभर शतप्रतिशत हल हाउसफुल रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।

राजधानीका गोपीकृष्ण, गंग्गा, गुण, अष्टनारायण, कलंकी लगायात मल्टीप्लेक्स स्क्रिनमा दर्शकको उल्लेख्य चाप रह्यो । ‘जोनी जेन्टलम्यान’का निर्देशक नितिन चन्द, कलाकार पल शाह र आँचल शर्मा, निर्माता एनड्रिउ पौडेल र अजय मल्ल शनिबार राजधानीका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिए ।

पल र आँचलसँग सेल्फीमा रमाउदै दर्शकले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । यस एक्सन लभस्टोरी सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।

पल शाहले यो वर्ष ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका छन् । वर्षका सुरुवाती महिनामा सुस्ताएको सिनेमा बजार असार ३० गते रिलिज भएको ‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार सँगै फस्टाएको छ । र ‘जोनी जेन्टलम्यान’सम्म आइपुग्दा पनि व्यापारमा गिरावट आएको छैन ।