‘जोनी जेन्टलम्यान’को ‘क्याटवाक’मा पल र निलमको बोल्ड रुप

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘जोनी जेन्टलम्यान’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘क्याटवक’ टाइटलको गीतमा पल शाह र निलम चन्द प्रस्तुत भएका छन् ।

गीतमा निलमलाई बोल्ड रुपमा देख्न सकिन्छ । भने, पल रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । गीतमा स्वचित शाक्यको स्वर समावेश रहेको छ । हर्कुलस बस्नेत, बृजेश श्रेष्ठ र स्वचित शाक्यले संगीत भरेको गीतको भिडियोमा केशव थापा र सरिता राजचलको कोरियोग्राफी  छ ।

एन्ड्रियु पौडेलले निर्माण गरेको फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन् । फिल्म जेठ १९ गते रिलिज हुदैछ । फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।

 

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *