भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ १९ मा प्रदर्शन मिती तय गरेर प्रचार-प्रसारमा उत्रेको फिल्म ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिती सारिएको छ । देशको वर्तमान राजनिती घटनाक्रमले फिल्मको व्यापारलाई असर गर्ने देखिएपछी निर्माण युनिटले आफ्नो रिलिज मितीलाई हेरफेर गरेको बताएको छ ।

स्थानीय तह अन्तर्गत बैशाख ३१ गते भएको पहिलो चरणको चुनावले नेपाली बक्सअफिससंगै फिल्मी बजारमा समेत असर गरेको थियो । त्यस्तै, दोस्रो चरणको चुनावले पनी फिल्मी क्षेत्रमा प्रत्यक्ष असर गर्छ भन्ने फिल्मी पण्डितहरुको समीक्षा र दर्शकीय मनोविज्ञानलाई मध्यनजर गर्दै ‘जोनी जेन्टलम्यान’ले रिलिज मिती २ महिना पछी धकेलेको छ ।

नितिन चन्द निर्देशित फिल्मले नयाँ रिलिज मितीसहितको नयाँ पोस्टर पनी सार्वजनिक गरेको छ । जहाँ फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मा चित्रित छन् । अब फिल्मलाई दर्शकले भदौ ३० मा हेर्न पाउनेछन् । यसअघी रिलिज गरेका प्रचार सामाग्री दर्शकको रोजाईमा परिसकेका छन् । एनड्रिउ पौडेलको लगानीमा बनेको फिल्ममा पल र आँचलको जोडी दोस्रो पटक पर्दामा छाउँदै छ ।