जोनी जेन्टलम्यान: पल र आँचलको नयाँ पोस्टर रिलिज

जोनी जेन्टलम्यान: पल र आँचलको नयाँ पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जोनी जेन्टलम्यान’को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि जेठ १९ लाई प्रदर्शन मिति तय गरेको सिनेमाले देशको राजनीतिक अवस्थालाई मध्येनजर गर्दै सिनेमाको रिलिज डेट पोस्टपोन्ड गरेको थियो । भदौ ३० लाई दोस्रो रिलिज डेट तय गरेको सिनेमाले आफ्नो प्रचार-प्रसार सुरु गरेको छ ।

यसअघि रिलिज गरिएका पोस्टरमा पल र आँचललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा भने स्याड मुडमा प्रस्तुत छन् । सिनेमाको नयाँ पोस्टरलाई टौवा क्रियसनले तयार गरेको हो ।

पल शाहले यस वर्ष ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका छन् । युवा पुस्ता माँझ राम्रो फ्यान फ्लोईङ भएका पलका लागि ‘जोनी जेन्टलम्यान’ प्रतिक्षित छ । पलको अघिल्लो सिनेमा हिट भएका कारण पनि ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सकारात्मक नजिता ल्याउँने सिने बजारमा आँकलन छ । तर, सिनेमा रिलिज नभईकन यसै भन्न सक्ने स्थिति छैन ।

नितिन चन्द निर्देशित सिनेमा एनड्रिउ पौडेलको लगानी रहेको छ ।