मिस्टर बिनको ‘जोनी इंग्लिस स्ट्राइक अगेन’ ट्रेलर रिलिज

मिस्टर बिनको ‘जोनी इंग्लिस स्ट्राइक अगेन’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हलिउड सिनेमा ‘जोनी इंग्लिस’को तेस्रो इन्स्टलमेन्ट स्वरूप ‘जोनी इंग्लिस स्ट्राइक अगेन’को ट्रेलर रिलिज भएको छ ।

डेभिड केर निर्देशित सिनेमाको ट्रेलरमा रोवन एट्किन्सन (मिस्टर बिन)को भरपुर कमेडी प्रस्तुत गरिएको छ । सन् २००३ को ‘जोनी इंग्लिस’को दोस्रो भाग ‘जोनी इंग्लिस रेबोर्न’ २०११ मा रिलिज भएको थियो ।

टिम बेभन, एरिक फेल्नर र रोवन एट्किन्सनको लगानी रहेको सिनेमामा ओल्गा कुर्यलेनको, बेन मिलर, ज्याक लेसी, इमा थोम्प्सनको मुख्य भूमिका छ । सिनेमा युएसमा सेप्टेम्बर २० र १२ अक्टुबरमा युके रिलिज हुदैछ । भारत रिलिज डेट भने तय भैसैकेको छैन  ।