राजधानी बाहिरका शहरमा ‘जोनी जेन्टलम्यान’

राजधानी बाहिरका शहरमा ‘जोनी जेन्टलम्यान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘जोनी जेन्टलम्यान’ रिलिज हुन् अब करिब २ दिन मात्र बाँकी रहेको छ । यस प्रतिक्षित सिनेमाले आफ्नो रिलिज मिति नजिकिदै गर्दा आक्रामक प्रचार गरिरहेको छ ।

पल शाह, आँचल शर्मा, गीत/संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमा यतिबेला राजधानी बाहिरका विभिन्न शहरहरुमा प्रचारको लागि पुगेको छ | पोखराबाट सुरु गरेको प्रचार बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिनेछ ।

पल, आँचल,निर्माता, निर्देशक सहितको टोलीले पोखरा, बुटवल र चितवनमा प्रेसमिट सम्पन्न गरेर ‘जोनी जेन्टलम्यान’ टिम हेटौडा तर्फ प्रस्थान गरेको छ । प्रेसमिटमा सिनेमाका कलाकार, निर्देशक र निर्माताले ‘जोनी जेन्टलम्यान’को बारेमा प्रेससँग रहेका प्रश्नमा सात्क्षात्कार गरे ।

नितिन चन्द निर्देशित सिनेमा यहिँ शुक्रबार अर्थात् भदौ ३० गते अलनेपाल प्रदर्शन हुदैछ । एक्सन लभस्टोरी सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । ‘जोनी जेन्टलम्यान’मा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।

रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा/संवाद छ ।