जीवनको चोखो माया हिरालाई (भिडियो)

जीवनको चोखो माया हिरालाई (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता जीवन लुइँटेल यति बेला नेपाली सिनेमाबाट फर्सदिला बनेका छन् । कुनै समयमा वर्ष भरि चर्चामा रहने जीवनको सिनेमा तिरको निष्कृयताले यति बेला दर्शकले मिस गरिरहेका छन् ।

यसै विचमा अमेरिकामा बस्दै आईरहेका जीवन लुइँटेलले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा निर्देशक श्याम भट्टराईले जीवन र नव-मोडल हिरा मैनाली फ्रेममा प्रस्तुत गरेका छन् ।

‘चोखो छ माया’ बोलको गीतमा हरि लम्सालको संगीत, गोविन्दप्रसाद उपाध्यायको शब्द, आस्था राउतको स्वर समावेश छ । गीतमा अनुप गिरिको छायाँकन र सम्पादन छ ।