‘प्रबल जनसेवा श्री’ पदकबाट जितु नेपाल विभुषित

‘प्रबल जनसेवा श्री’ पदकबाट जितु नेपाल विभुषित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गते रिलिज हुने सिनेमा रामकहानीका मुख्य पात्र मध्येका एक हाँस्यकलाकार जितु ‘नेपाल प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यलय शित्तल निवासमा मंगलबार आयोजना भएको एक भव्य कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्याएको भन्दै उनलाई सम्मानित गरेको हो ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित गरेकी थिइन । राज्यबाट पहिलो पटक यति ठुलो सम्मान पाउँदा आफु निकै नै भावूक भएको नेपालले बताए । उनले भने-‘जिन्दगीमा धेरै संघर्ष गरेको छु । सायद, आज यही सफलता देख्नका लागि हुनसक्छ ।’ जितुले आफुले प्राप्त गरेको यो सम्मान सिंगो कला क्षेत्रलाई राज्यले गरेको सम्मानको रुपमा लिएको समेत बताए । जितुको साथमा कला क्षेत्रबाट अशेष मल्ल, ब्याकुल माइला, कृष्ण कँडेल, दुर्गा रायमाझी, बसन्त पकाशले यो सम्मान पाप्त गरेका छन् ।

‘जिरे खुर्सानी’ मा मुन्द्रेको चरित्र निर्वाहा गरेपछि रातारात चर्चामा आएका जितु पछिल्लो समय ‘छक्का पञ्जा’ सिरिजमा आबद्ध छन् । यसमा उनी निर्माता र कलाकारको रुपमा छन् ।