सौगातलाई चाहिँदैन रे अर्की !

सौगातलाई चाहिँदैन रे अर्की !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘झ्यानाकुटी’ पछिल्लो समय चर्चामा छ । मंसीर १ गते प्रदर्शन हुने सिनेमाको प्रचार तरिकाले निक्कै राम्रो प्रतिक्रिया पाईरहेको छ । आशा गरौ यो प्रचार तरिकाले बक्सअफिसमा सकारात्मक नतिजा ल्याउनेछ ।

प्रदर्शनको मिति मुखमै आउँदा सिनेमाको नयाँ गीत सार्वजनिक भएको छ । ‘भो मलाई चाईदैन अर्की…’ बोलको गीतमा सौगात मल्लले पत्नी विछोड पछीको पिडालाई मनन गरेका छन् । प्रदीप भारद्वाजले लेखेको गीतमा बिकाश चौधरीले शब्द भरेका छन् । भने, धर्मेन्द्र सेवनको स्वर रहेको छ ।

सिमोस सुनुवार निर्देशित ‘झ्यानाकुटी’लाई अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् । सिनेमामा सौगातका अलावा बेनिषा हमाल, पुस्कर गुरुङ, अस्टल गुरुङ, सुमी मोक्तान, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।