‘झ्यानाकुटी’ हेरेर भुवन र चैत्य देवीले के भने ?

‘झ्यानाकुटी’ हेरेर भुवन र चैत्य देवीले के भने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘झ्यानाकुटी’लाई प्रेस शोबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । राजधानीमा आयोजित शोमा पत्रकारका विच अभिनेता भुवन केसी र अभिनेत्री चैत्य देवीले पनि सिनेमा हेरे ।

सिमोस सुनुवार निर्देशित सिनेमा हेरे पश्चात भुवन, चैत्य देवी र अधिकाँस पत्रकारले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । प्रतिक्रिया बुझ्न सिनेमाको निर्मात्री निशा अधिकारी, अभिनेत्री बेनिशा हमाल र निर्देशक सिमोस सुनुवार शोमा उपस्थित थिए ।

‘सिनेमाको कथा र कलाकारको अभिनय एकदमै मन पर्यो । धम्पुस गाउँको एक लोग्ने स्वास्नीको कथालाई हेर्ने जति सबैले नजिकको महसुस गर्नुहुनेछ ।’ भुवनले भने । आफु सधै मेकरको हिसाबमा सम्झौता नगर्ने बताउँदै निशाले पनि निर्माताको रुपमा सिनेमा मेकिङमा सम्झौता नगरेर राम्रो सिनेमा बनाएको बताए ।’

त्यस्तै, चैत्य देवीले आफुलाई सिनेमाको कथा र पात्रहरुको मिलाप मन परेको बताइन । ‘सिनेमाले रुवाउदै हसाउछ, हसाउदै रुवाउछ । एकछिन् पनि बोर गर्दैन । सबैलाई हेर्न आग्रह गर्छु ।’ चैत्य देवीले भनिन् ।

सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, पुष्कर गुरुङ, सुमी मोक्तान. जीवन भट्टराई लगायातका कलाकारको अभिनय छ । सनिश सुनुवार र विकाश चौधरीको संगीत रहेको ‘झ्यानाकुटी’मा प्रदीप भारद्वाजको कथा रहेको छ । सिनेमामा निशा अधिकारीका अलावा निर्देशकको पनि लगानी रहेको छ ।