हिट हुँदै ‘झ्यानाकुटी’को ‘जुरुक्कै’ प्रचार तरिका !

हिट हुँदै ‘झ्यानाकुटी’को ‘जुरुक्कै’ प्रचार तरिका !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा पब्लिसिटीका लागि नेपाल मात्र नभएर अन्य देशमा पनि बिभिन्न तौर तरिका अपनाउने गरिन्छ । कुनै तरिका सफल हुन्छन त कुनै असफल ।

मंसीर १ गते रिलिज हुने सिनेमा ‘झ्यानाकुटी’ अहिले चर्चामा छ । कारण हो, सिनेमाको प्रचार शैली । ट्रेलर, गीतबाट औषत माथि प्रतिक्रिया पाएको सिनेमाले पोस्टरबाट राम्रै प्रतिक्रिया पायो । पोस्टरको प्रतिक्रियालाई छोपेर निशा अधिकारी निर्मित सिनेमाले नयाँ प्रचार तरिका अपनायो ।

एक टिभी कार्यक्रममा अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेस्वाकरलाई जुरुक्कै !

अहिले ‘आफ्नो प्रेमीलाई’ बोकेर सामाजिक संजालमा फोटो पोस्ट गर्ने कन्टेस्ट निकै हिट भैरहेको छ । जहाँ आम दर्शक र सेलेब्रेटीले समेत यो ‘फोटो कन्टेस्ट’मा सहभागिता जनाईरहेका छन् । आज हामि केहि सिनेकर्मी तथा पत्रकारले फेसबुकमा आफ्नो जोडीलाई बोकेको तस्विरहरु सार्वजनिक गर्दैछौ ।

अभिनेत्री प्रियंका कार्कीले अभिनेता दीपकराज गिरीलाई जुरुक्कै !

सिमोस सुनुवार निर्देशित सिनेमामा सौगात मल्ल र बेनिषा हमालको मुख्य भूमिका छ । यो ‘फोटो कन्टेस्ट’मा सहभागी हुन्, आफ्नो प्रेमीलाई जुरुक्कै बोकेको फोटो फेसबुकमा अपलोड गरि ‘झ्यानाकुटी’को अफिसियल फेसबुक पेजमा ट्याग गर्नु पर्नेछ । फोटोमा आएको ‘रियाक्ट’को आधारमा विजेता छानेर एकाउन्न हजार रुपैयाँ पुरस्कार दिईनेछ ।

अभिनेत्री निता ढुंगानाले निर्देशक श्याम भट्टराईलाई जुरुक्कै !
अभिनेता सौगात मल्ललाई एक विद्यार्थीले जुरुक्कै !
संचारकर्मी बर्षा बस्नेतले उत्सब रसाईलीलाई जुरुक्कै !
संचारकर्मी उत्सब रसाईलीलाई कुशल राईले जुरुक्कै !