डेब्युमै झरनालाई सफलता र तारिफ

डेब्युमै झरनालाई सफलता र तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिनेमाकी सफल र लोकप्रिय अभिनेत्री झरना निर्देशनमा पनि सफल बनेकी छन् । झरनाले निर्देशनमा डेब्यु गरेको ‘ए मेरो हजुर २’ बक्सअफिसमा सुपरहिट भयो ।

सिनेमा बक्सअफिसमा मात्र सफल भएन समिक्षक र दर्शकको माया पाउँन पनि सफल भयो । अभिनयमा झैँ पहिलो निर्देशकीय सिनेमाबाट झरनाले दर्शकको माया पनि उत्तिकै पाइन् ।

२०५४ सालमा ‘धर्मसंकट’बाट अभिनय यात्रा सुरु गरेकी यी अभिनेत्रीले २ दशकको सिनेमा बुझाई ‘ए मेरो हजुर २’को निर्देशनमा प्रस्तुत गरिन् । ‘ए मेरो हजुर २’ रिलिज नहुँदै सिनेमा सफल/असफल जे भए पनि निर्देशनमै जम्ने योजना बनाएकी झरनालाई सुरुवाती चरणमै सफलता मिल्यो । अब झरनालाई निर्देशकीय करियर स्थापित गर्न थप हौसला र चुनौती मिलेको छ । झरनाबाट दर्शकले अझै उत्कृष्ट सिनेमा हेर्न पाउँने आशा गरेका छन् । यी निर्देशकले ‘ए मेरो हजुर’को तेस्रो सिरिज निर्देशन गर्ने सिने बजारमा हल्ला छ । तर, यसको बारेमा औपचारिक जानकारी दिईएको छैन ।

होमप्रोडक्सनकै सिनेमामा झरनाले साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्दी तामाङ लगायतका थुप्रै कलाकारलाई कास्टिंग गरेकी थिइन् । साढे ६ करोड बढी कमाई गरेको ‘ए मेरो हजुर २’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ ।