‘ए मेरो हजुर २’ले प्रिक्वेलको ब्राण्डभ्यालु अवश्य बचाउछ: झरना थापा

‘ए मेरो हजुर २’ले प्रिक्वेलको ब्राण्डभ्यालु अवश्य बचाउछ: झरना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री झरना थापा ‘ए मेरो हजुर २’बाट निर्देशकको रुपमा फिल्ममा आउदैछन । दर्जनौ हिट फिल्ममा अभिनय गरेकी झरना थापालाई कुशल अभिनेत्रीको रुपमा चिनिन्छ । निर्माता सुनिलकुमार थापासंग बैबाहिक जीवन बसालेकी झरनाकी एक छोरी पनि छन । झरना थापाको डेब्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ आउँदो भदौ १६ मा सार्वजनिक हुदैछ । फिल्मका सार्वजनिक भएका प्रचार सामाग्रीले बजार पिटीरहदा अहिले ‘ए मेरो हजुर २’ प्रतिक्षित बन्न पुगेको छ ।

लामो समय भैसकेको छ , झरनालाई फिल्ममा देख्न नपाएको । धरै पछी निर्देशककै रुपमा भएपनि फिल्ममा आउन लागेकी झरना थापासंग गरिएको  अन्तरवार्ता प्रस्तुत छ :

 

१) निर्देशन र अभिनयमा कुन सहज ? र, किन ?

अभिनय धेरै सजिलो । अभिनय गर्दा आफ्नो एउटा अभिनयको ट्रयाकमा मात्र हिडे पुग्ने । तर, निर्देशनमा त टिमको एउटा क्याप्टेन भैसकेपछी सबै तिर ध्यान दिनुपर्ने । सबैले खायो की खाएन, कहाँ छायांकन गर्ने, स्पट कस्तो हुने हो, कलाकारले  अभिनय कस्तो गरिदिने हो जस्ता लगाएतका हरेक कुरामा ध्यान दिनुपर्ने हुदाँ मेरो लागि त अभिनयनै सहज  ।

२) अभिनयबाट हात झिक्नुभएको हो या विश्राम लिनुभएको ?

होइन होइन ! मैले अभिनयबाट विश्राम पनि लिएको होइन, हात पनि झिकेको होइन । म त अभिनयबाट हात झिक्ने कुरो कहिले पनि सोच्न सक्दिन । जसरि भएपनि अभिनयलाई ‘कन्टिन्यु’ गर्न चाहन्छु ।

३) पहिले जस्तो फिल्ममा नदेखिनुको कारण ?

अब पहिले जस्तो मसंग धेरै फिल्म हुन्छ, मलाई लिडएक्टरमा अफर आउछ भनेर म सोच्न सक्दिन । किनभने, हरेक कुराको समयसिमा हुन्छ, त्यसैले अब म आफैले पनि सोच्ने बेला भैसकेको छ, की मैले आफ्नो ट्रयाक चेन्ज गर्नुपर्छ । त्यसैले यो फिल्मक्षेत्रमा भैरहन म निर्देशन र निर्माताको रुपमा छाउने प्रयास गर्दैछु ।

४)  स्टारडमलाई सम्झिदा कस्तो महसुस गर्नुहुन्छ ?

स्टारडम त पहिले पनि थियो अहिले पनि छ । पहिलेकै स्टारडमले मलाई अहिलेसम्म जमाईरहेको छ । अहिले पनि बाटोमा हिड्दा ‘ए उ झरना थापा’ भनेर चिन्नुहुने धेरै हुनुहुन्छ । पहिले धेरै फिल्म खेले त्यहि कारण अहिलेसम्म दर्शकले सम्झीरहनु भएको छ ।

५) अभिनेत्री भएर फिल्ममा काम गर्दाका पलहरु कत्तिको याद आउँछ ?

धेरै याद आउँछ । ति मैले गरेका काम, लोकेशन, मित्रता, साथीभाइलाई सम्झिदा खुसि लाग्छ, रमाइलो लाग्छ । र, ति यादहरुलाई मात्र सम्झेर बसीरहन नपरोस भनेरनै म निर्देशनको माध्यमबाट यो क्षेत्रमा आउँने प्रयास गरिरहेकी छु ।

६) ‘ए मेरो हजुर २’ निर्देशन गर्नुभयो । के तपाइँको निर्देशनले ‘ए मेरो हजुर’को लोकप्रियतालाई बचाइराख्न सक्छ ?

एकदमै सक्छ । जुन किसिमको ‘ए मेरो हजुर’को ब्राण्डभ्यालु थियो, त्यसलाई बचाईराख्नलाईनै राम्रो टिम लिएको छु, राम्रो लोकेशन लिएको छु, राम्रो टेक्निसियन लिएको छु की मलाई ‘ए मेरो हजुर’को लोकप्रियतामाथि ब्लेम नलागोस भनेर सबै राम्रै गरेको छु । फिल्मको गीतबाट पनि अहिले राम्रो प्रतिक्रिया पाईरहेकी छु । अहिलेसम्मको सन्दर्भमा ‘ए मेरो हजुर २’प्रति कुनै शंका भएको उब्जिएको छैन ।

७) कत्तिको आशावादी हुनहुन्छ फिल्मबाट ?

शतप्रतिशत आशावादी छु । किनकि मैले राम्रो काम गर्ने कोशिस गरेको छु । राम्रो टिमअप गरेकी छु । ‘कसम हो कसम’ बोलको गीतले तहल्का पिटीसकेकाले पनि आशाले पूर्णता पाउँछ जस्तो लाग्दैछ ।

८) होमप्रोडक्सनको फिल्म निर्देशन गर्नुभन्दा पहिले बाहिरबाट निर्देशनको लागि अफर आयो की नाइँ ?

बाहिरबाट पनि आएको थियो, तर होमप्रोडक्सनबाट निर्देशनमा आउदा सजिलो हुने भएकोले बाहिरको फिल्म नगरेको हो ।

९) अब निर्देशनलाईनै अगाडी बढाउने सोचमा हुनुहुन्छ की एकपटकलाई मात्र प्रयास गर्नुभएको ?

होइन होइन ! एकपटकलाई मात्र होइन, अब निर्देशनबाटनै अगाडी बढ्न चाहन्छु । चाहे सफल होस् या असफल । पाइला चालिसके अब यसैमा उभिन चाहन्छु ।