कमेडीले भरिएको ‘झमक बहादुर’ ट्रेलर

कमेडीले भरिएको ‘झमक बहादुर’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कमेडीरसले भरिएको ‘झमक बहादुर’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसमिटका विच निर्माण पक्षले २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलर गरेको हो ।

भोमन कटुवाल निर्देशित सिनेमामा अनुपबिक्रम शाही, यादव देवकोटा (सरापे ), राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय छ ।

१८ साउनमा रिलिज हुने सिनेमामा रञ्‍जित गजमेरको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन, कल्याण अधिकारीको कथा, राजेन भुजेलको संवाद छ । दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा ‘झमक बहादुर’लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।