जोनी जेन्टलम्यान: ट्रेलर रिलिज

जोनी जेन्टलम्यान: ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जोनी जेन्टलम्यान’को  ट्रेलर रिलिज गरिएको छ । यसअघि जेठ १९ लाई प्रदर्शन मिति तय गरेको सिनेमाले देशको राजनीतिक अवस्थालाई मध्येनजर गर्दै सिनेमाको रिलिज डेट पोस्टपोन्ड गरेको थियो । भदौ ३० लाई दोस्रो रिलिज डेट तय गरेको सिनेमाले आफ्नो प्रचार-प्रसार सुरु गरेको छ ।

पल शाहले यस वर्ष ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका छन् । युवा पुस्ता माँझ राम्रो फ्यान फ्लोईङ भएका पलका लागि ‘जोनी जेन्टलम्यान’ प्रतिक्षित छ । पलको अघिल्लो सिनेमा हिट भएका कारण पनि ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सकारात्मक नजिता ल्याउँने सिने बजारमा आँकलन छ । नितिन चन्द निर्देशित सिनेमा एनड्रिउ पौडेल र अजय मल्लको   लगानी रहेको छ ।