जोनी जेन्टलमेन’को पहिलो गीत सार्वजनिक

जोनी जेन्टलमेन’को पहिलो गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘जोनी जेन्टलमेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको बारेमा जानकारी दिदै ‘तिमि बिना मान्दैन’ बोलको गीत सार्वजनिक गरियो । हर्कुलस बस्नेतको शब्दसंगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मा फिचरिङ भएका छन् । गीतलाई भारतका रमणीय स्थानहरुमा खिचिएको छ । निर्माण युनिटले ‘जोनी जेन्टलमेन’ कुनै फरकधारको चलचित्र नभएर, पूर्ण तया प्रेमकथामा निर्माण गरिएको बताएको छ । चलचित्रमा पल शाहको फरक एक्सन देख्न पाइने पनि बताइएको छ । नितिन चन्द निर्देशित चलचित्र जेष्ठ १९ मा रिलिज हुदैछ । आन्द्रे पौडेलले निर्माण गरेको चलचित्रलाई एवर स्टाइल पिक्चर्स र एजी इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रलाई रुपेश थापाले खिचेका हुन् ।