‘जेम्स बोन्ड’बाट बाहिरिए निर्देशक डेनी बोयल

‘जेम्स बोन्ड’बाट बाहिरिए निर्देशक डेनी बोयल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हलिउड अभिनेता ड्यानियल क्रेगको अभिनय रहने अन्ति सिनेमा बोन्ड अन्यौलमा परेको छ । गत मंगलबार यसभन्दा पहिलेका सिनेमाका निर्देशकको रुपमा रहेका डेनी बोयल सिनेमाबाट अलग भएको खबर स्टुडियोले सार्वजनिक गरेपछि सिनेमा निर्माण हुने नहुनेमा अन्यौलता छाएको छ ।

बोन्ड सिनेमा सिरिजको २५ औँ श्रृखंलामा निर्देशक बोयलले रचनात्मक मतभिन्नताका कारण यो सिनेमाबाट हात झिकेका हुन् । बोयलको बहिर्गमनसँगै सिनेमाको पूर्वनिर्धारित सुटिङ तालिकामा परिवर्तन हुने-नहुनेमा भने सिनेमा निर्माण स्टुडियो पाइनउडले केहि स्पष्ट पारेको छैन्। यस अघि सिनेमा डिसेम्बरबाट फ्लोरमा जाने बताइएको थियो।

त्यस्तै अब बोयलको सट्टामा नयाँ निर्देशक को हुनेछ भन्नेबारेमा पनि निर्माण कम्पनिले केहि सार्वजनिक गरेको छैन।