‘जय शम्भु’को मोफसल यात्रा पोखराबाट सुरु

‘जय शम्भु’को मोफसल यात्रा पोखराबाट सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट रिलिज हुने सिनेमा ‘जय शम्भु’ यतीवेला प्रचार प्रसारमा तिव्रता पाइरहेको छ । सिनेमाको निर्माण टिम अहिले यसको प्रचारको लागी मोफसल यात्रामा रहेको छ । सिनेमा निर्माण युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई सिनेमाको वारेमा जानकारी गराएका छन् । उक्त कार्यक्रम सकाएरको सिनेमा निर्माण युनिटले शनिबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

एक्शन लभस्टोरी जनरमा निमार्ण भएको सिनेमाको बारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुपविक्रम शाह पोखरा पुगेका थिए । बर्षा शिवाकोटी भने मौसम खराबीका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौं मै रोकिएकी थिईन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको सिनेमामा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको हुन् । । यस्तै सिनेमाको सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । यो सिनेमाका निर्देशक रुपेश तामाङ हुन् ।

सिनेमामा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । सिनेमामा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा सिवाकोटीका अलवा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना लगायतका कलाकारको मूख्य भुमिका रहेको छ ।