अमृत र जेबिका स्टारर ‘जय श्री दाम’को कमेडी ट्रेलर रिलिज (भिडियो)

अमृत र जेबिका स्टारर ‘जय श्री दाम’को कमेडी ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २० लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको रिलिज मिती नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसार अघि बढाउँदै शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । जय श्री दामको सार्वजनिक ट्रेलरमा कमेडीपना हाबी छ ।

आर्थिक स्थिती कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र त्यसको बीच बाटोमा आइपर्ने ढोगी बाबासँग उनै दुई युवाले गर्ने ब्ल्याकमेलिङको वरीपरी सिनेमाको कथा घुमेको निर्देशक बिप्लोप उप्रेतीले बताए । सिनेमा ‘फूल अन’ मसलेदार कमेडी रहेको भन्दै सोहि प्रकारको ट्रेलर दर्शकलाई आकर्षणका छोडेको निर्देशक उप्रेतीको भनाइ छ ।

सिनेमामा जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ । सिनेमामा रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन रहेको छ । यो सिनेमामा संगीत सुशान्त गौतमको रहेको छ ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत सिनेमा शिक्षा अध्ययन गरिरहेका उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

https://youtu.be/gPsqv-EN8Ys