पौष २० रिलिज हुने ‘जय श्री दाम’को अफिसियल पोस्टर सार्वजनिक

पौष २० रिलिज हुने ‘जय श्री दाम’को अफिसियल पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं पौष २० गतेलाई आफ्नो रिलिज डेट लक गर्दै सिनेमा ‘जय श्री दाम’को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य पात्र जेबिका कार्की अटाएकी छैनन् । पोस्टरमा सिनेमाका मुख्य तीन अभिनेता अमृत ढुङ्गाना, विनोद न्यौपाने र साजन खतिवडालाई चित्रित गरिएको छ ।

कमेडी कथामा निर्माण गरिएको सिनेमाको पोस्टरमा मुख्य पात्रलाई सोहि अनुसार प्रस्तुत गरिएको छ । राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोदले गमलालाई नमस्ते गरेको अवस्थामा देखिन्छन् । पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको नमुना’ जोडिएको छ ।मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको सिनेमालाई बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । सिनेमा शिक्षा अध्ययन गरिरहेका उप्रेतीको यो ठुलोपर्दाको डेब्यू निर्देशकिय सिनेमा हो । सिनेमाको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’लाई मित्र डि गुरुङको सम्पादन छ, भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । यो सिनेमामा संगीत सुशान्त गौतमको छ । अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि मुख्य भुमिका रहेको छ ।