एक्सन, लभस्टोरी सिनेमा ‘जय शम्भु’को ट्रेलर रिलिज

एक्सन, लभस्टोरी सिनेमा ‘जय शम्भु’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटी स्टारर सिनेमा ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य तीन पात्रलाई देखाइएको छ । श्री श्रेष्ठको द्वन्द निर्देशन रहेको सिनेमा एक्सन जानरामा बनेको बुझ्न सकिन्छ । डेब्यु सिनेमा ‘ऐश्वर्य’बाट चर्चा कमाएका प्रशान्तको  रिलिजका हिसाबले ‘जय शम्भु’ दोस्रो सिनेमा हो ।

रुपेश गुरुङ निर्देशित सिनेमालाई भारी बजेटमा निर्माण गरिएको बताइएको छ । भदौ १ मा रिलिज हुने सिनेमामा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारको पनि अभिनय छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’का चक्र पाख्रिन कार्यकारी निर्माता र अरविन्द्रमान शाक्य निर्माता छन् । सिनेमामा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।