एक्सन भरिपूर्ण ‘जय शम्भु’ टिजर रिलिज

एक्सन भरिपूर्ण ‘जय शम्भु’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४ सेकेन्ड लामो टिजरमा एक्सनलाई फोकस्ड गरिएको छ । भने १ सिन रोमान्टिक राखिएको छ ।

श्री श्रेष्ठको द्वन्द निर्देशन रहेको सिनेमा एक्सन जानरामा बनेको बुझ्न सकिन्छ । टिजरमा विशेष गरि वर्षा सिवाकोटी, अनुपबिक्रम शाही र प्रशान्त ताम्राकार हाइलाइट्स छन् । डेब्यु सिनेमा ‘ऐश्वर्य’बाट चर्चा कमाएका प्रशान्तको टिजर/ट्रेलर रिलिजका हिसाबले ‘जय शम्भु दोस्रो सिनेमा हो ।

रुपेश गुरुङ निर्देशित सिनेमालाई भारी बजेटमा निर्माण गरिएको बताइएको छ । भदौ १ मा रिलिज हुने सिनेमामा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारको पनि अभिनय छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’का चक्र पाख्रिन कार्यकारी निर्माता र अरविन्द्रमान शाक्य निर्माता छन् । सिनेमामा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।