‘जय भोले’ टिजर रिलिज

‘जय भोले’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अशोक शर्माको कमब्याक सिनेमा ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछी निर्देशनमा फर्केका शर्माको ‘जय भोले’ आगामी वर्षको प्रतिक्षित सिनेमा हो ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने सिनेमाले दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथा भन्छ ।

१ करोड ६० लाख बजेटमा निर्मित सिनेमा झापा र ईलाममा छायाँकन भएको हो । सिनेमामा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

सिनेमामा निर्देशक शर्माको निर्माणसँगै अभिनय पनि छ ।