फुलपातीलाई रिलिज डेट तोक्दै ‘जय भोले’को पोस्टर रिलिज

फुलपातीलाई रिलिज डेट तोक्दै ‘जय भोले’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – दशैंमा रिलिज हुने सिनेमा ‘जय भोले’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक चार पोस्टरमा सिनेमाको प्रदर्शन मिती पनि राखिएको छ । अब यो सिनेमा असोज ३० अर्थात फुलपातीको दिनबाट अल नेपाल रिलिज हुनेछ । शनिबार ‘छक्का पञ्जा ३’ले ट्रेलर रिलिजसँगै प्रदर्शन मिती सार्वजनिक गरेसँगै ‘जय भोले’ले पनि आफ्नो प्रदर्शन मिती र अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

अशोक शर्मामा १२ वर्ष पछि निर्माण तथा निर्देशन गरेका हुन् । सार्वजनिक पोस्टरमा सिनेमाका सम्पुण मुख्य कलाकारलाई स्थान दिइएको छ । यस सिनेमाको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमामा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको सिनेमामा निर्माण र अभिनय पनि छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको सिनेमाको ‘उम्लियो भने पोखिन्छ’ गीत हिट भइसकेको छ । झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।