‘जय भोले’को कलेज क्याम्पीयन सुरु, दर्शकबाट सकारात्मक प्रतिक्रिया

‘जय भोले’को कलेज क्याम्पीयन सुरु, दर्शकबाट सकारात्मक प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – यसपालीको बडादशैंको अबसरमा ३० असोज फुलपातीका दिनबाट सिनेमा ‘जय भोले’ प्रदर्शन हुँदैछ । आफ्नो प्रचारलाई तिब्र बनाउँदै सिनेमा ‘जय भोले’ टिम केही दिन यताबाट स्कुल तथा कलेज यात्रामा छ । स्कुल कलेजका विद्यार्थीहरुसँग सिनेमाका कलाकारहरुले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।सिनेमाका अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता तथा निर्देशक अशोक शर्मा लगायतको टिम अहिले स्कुल तथा कलेजमा पुगेर विद्यार्थीहरुसँग साक्षात्कार गर्दै आएको छ । यसै क्रममा ‘जय भोले’ टिमले तीन दिनमा लिटिल एञ्जल कलेज हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायत विभिन्न कलेज तथा स्कुलमा विद्यार्थीहरुसँग साक्षात्कार गरिसकेका छ ।यस्तै आईतबारबाट तीन दिनसम्म काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजमा सिनेमा ‘जय भोले’ युनिटले विद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रम रहेको पनि निर्माता तथा निर्देशक अशोक शर्माले जानकारी दिए । स्कुल कलेज यात्राका क्रममा सिनेमाबारे विद्यार्थीहरु हाजिर जवाफ कार्यक्रम तथा विभिन्न खेल मार्फत पुरस्कार पनि प्रदान गरिँदै आएको छ । विद्यार्थीहरुसँग स्कुल कलेजमा ‘जय भोले’ सेल्फी पनि त्यत्तिकै लोकप्रिय हुँदै अएको निर्देशक शर्माले जानकारी गराए । यो सिनेमाका निर्माता तथा निर्देशक शर्माले दशैंमा सबै स्कुल तथा कलेज विदा हुने भएकाले विद्यार्थीहरुले आफुहरुसँग यो सिनेमा हेर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।