चैत्र १ गते रिलिज हुन सिनेमा ‘जानी नजानी’को पोस्टर सार्वजनिक

चैत्र १ गते रिलिज हुन सिनेमा ‘जानी नजानी’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं चैत्र १ गते रिलिज हुने सिनेमा ’जानी नजानी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सिनेमाका लिड कलाकारहरु मनिषसुन्दर श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा बस्नेतले ‘जानी नजानी’ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दै्छिन ।

सिनेमामा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा , पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै सिनेमा मार्फत धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

सिनेमामा छायाँकन संजय लामाको रहेको सिनेमामा अर्जुन पोखरेलले संगीत दिएका छन् । सिनेमामा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।सिनेमामा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । सिनेमामा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।