‘धडक’पछी कसको फिल्ममा जान्वी ?

‘धडक’पछी कसको फिल्ममा जान्वी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – यतिबेला फिल्म ‘धड़क’ प्रदर्शन भईरहेको छ । मराठी फिल्म ‘सैराट’ को रिमेक भएता पनि निर्देशक शशांक खेतनले स्क्रिन प्लेमा केहि फेरबदल गरेका छन् । फिल्म हेर्ने फिल्मकर्मी मात्र होइन दर्शकले पनि डेब्यु गर्ल जान्वी कपुरको तारिफ गरेका छन् ।

फिल्ममा उनलाई निर्देशक जसरि प्रस्तुत गरेका छन् , त्यो आधारमा अब उनले बि-टाउनमा आफुलाई आफ्नै परिचयमा स्थापित गर्न सक्छिन । धड़क रिलिज अगाडीसम्म बोनी कपुर तथा स्वर्गीय श्रीदेवी कपुरकी छोरी भनेर चिनिएकी जान्वीले आफुलाई प्रमाणित गरिसकेकी छिन । यिनै जान्वी अब कसको फिल्ममा अभिनय गर्दैछिन त ? यो जिज्ञाषा दर्शकसँगै बलिउडका फिल्म मेकर्सलाई पनि छ ।

तर जान्वीले नयाँ फिल्म भने होम प्रोडक्सनकै गर्ने खबर भारतीय मिडियामा छ । अर्थात् केहि समय अगाडी छोरा अर्जुन कपुरको लागि फिल्म ‘तेवर’ निर्माण गरेका बोनीले जान्वीको लागि फिल्म निर्माण गर्ने भएका छन् । उनको योजना नै जन्वीलाइ डेब्यु गराउने थियो तर स्वर्गीय श्रीदेवी भने त्यस्तो चाहन्थिनन । यसैले गर्दा करण जोहरले धड़क मार्फत जान्वीलाई डेब्यु गराएका थिए । जान्वी नयाँ फिल्ममा नयाँ गेटअपमा समेत देखिनेछिन ।