आजदेखि ‘जय भोले’ सिनेमा घरमा, कस्तो छ कथा?

आजदेखि ‘जय भोले’ सिनेमा घरमा, कस्तो छ कथा?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स  काठमाडौं– आज अर्थात् ३० गते फूलपातीको  अवसर पारेर प्रतीक्षित सिनेमा ‘जय भोले’ रिलिज भएको छ  ।  निर्माण टिमले यो सिनेमा दर्शकका लागि राम्रो खुराक भएको बताएको छ  । अशोक शर्माले झण्डै बाह्र वर्षपछि निर्देशनमा कमब्याक गरेको सिनेमा ‘जय भोले’ मा नयाँ तथा पुराना कलाकारको जम्बो टोलीले अभिनय गरेका छन् । चलचित्रमा मुख्य कलाकारका रुपमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत  छन् ।

प्रचारका क्रममा निर्माण टिमले फिल्मले सिनेमा स्तरीय भएको बताउँदै आएको छ । ‘सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ, लामो समयको तयारीपछि सिनेमा तयार भएको हो, दर्शक हलसम्म आएर मज्जाले सिनेमा हेर्नुभए हुन्छ ।’, निर्देशक अशोक शर्माले भने । कस्तो छ कथा ? ट्रेलरमा सिनेमाको कथाबारे खासै खुलाइएको छैन ।ट्रेलरबाट धेरैले सौगात र खगेन्द्र स्वस्तिमाको लागि लागिपरेको बुझे पनि रोचक कुरा त सिनेमामा अर्को पनि सस्पेन्स छ ।

जुन सस्पेन्स निर्माण टिमले अझै बाहिर ल्याएको छैन । निर्माण टिमका अनुसार  दुई मिल्ने युवाको कथा हो । जो युवा युवतीको प्रेम पाउन मरिहत्ते गर्छन् । सिनेमामा किरण शर्मा  कृति शमाृ र अकिंत शर्माको लगानी रहेको छ भने कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । यस्तै सिनेमाको छायांकन अहिलेका चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन राजु ढुंगानाले गरेका हुन् ।