जय भोले गीत: ‘उम्लियो भने पोखिन्छ’

जय भोले गीत: ‘उम्लियो भने पोखिन्छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतलाई खगेन्द्र लामिछानेको शब्दमा राजनराज सिवाकोटीले तयार गरेका हुन् ।

खगेन्द्र लामिछाने र बुद्दि तामाङ विचको मितेरी लगाउने सन्दर्भ प्रस्तुत गरिएको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, राजाराम पौडेल, जयनन्द लामासँगै बुद्दि र खगेन्द्रले पनि नृत्य गरेका छन्  । राजनराज र मेलिना राईले स्वर दिएको गीतमा वरिष्ट कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

गीत एक प्रेसमिटका विच सार्वजनिक गरिएको थियो । जहाँ उल्लेख रुपमा सिनेकर्मी, फ्यान र पत्रकारको उपस्थिति थियो । जुन सिनेमाको प्रिमियर भन्दा कम थिएन । उपस्थितिको बारेमा बोल्दै निर्देशक अशोक शर्माले हलमा पनि यस्तै माया पाउने आशा व्यक्त गरे । निर्देशक शर्मा ‘मितिनी’ रिलिजको १२ वर्ष पछि निर्देशनमा फर्किएका हुन् ।

ह्युमर एवं सोसल ड्रामा भनिएको सिनेमा एए ग्रुप अफ कम्पनिजको व्यानरमा निर्माण भएको हो । सिनेमामा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताका रुपमा छन् ।

खगेन्द्र लामिछानेको लेखनमा निर्माण भएको ‘जय भोले’मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी/कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ । सिनेम बडादशैँको उपलक्ष्यमा प्रदर्शनमा आउँदैछ ।