सलमानसँग रिसाइन् ज्याकलिन

सलमानसँग रिसाइन् ज्याकलिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिज सलमान खानसँग रिसाएकी छन् । बिहेको कारण देखाएर अन्तिम समयमा आएर अभिनेत्री प्रियंका चोपडाले ‘भारत’ छाडेपछि उक्त सिनेमामा सलमानले क्याटरिनालाई भारतमा मुख्य अभिनेत्रीको रुपमा साइन गराएका थिए ।

भारतीय संचार माध्यम डिएनएको रिपोर्टका अनुसार सलमानले ‘भारत’मा क्याटरिनालाई लिएपछि ज्याकलिन निराश भएकी छन् । रिपोर्टका अनुसार ‘भारत’मा सो मौका सलमानले आफुलाई दिनेमा ढुक्क थिइन । तर सलमानले क्याटरिनालाई सिनेमामा लिएपछि उनको आशामा तुषारापात भएको थियो । ज्याकलिन पछिल्लो समय सलमानसँग नजिक छिन जसका कारण आफु ‘भारत’को हिस्सा बन्नेमा ढुक्क थिइन । तर सलमानले उनको सोच विपरित क्याटरिनालाई सिनेमामा लिए ।

ज्याकलिन रिसाए पनि सलमान-क्याटरिनाको जोडी भएको सिनेमाले पछिल्लो समय गतिलो कमाइ गरिरहेकाले पनि सलमानले क्याटरिनालाई लिएको अनुमान धेरैले गरेका छन्।