शाहरुख र अनुष्काको विकेन्ड व्यापार कति ?

शाहरुख र अनुष्काको विकेन्ड व्यापार कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शाहरुख खान र अनुष्का शर्मा स्टारर सिनेमा ‘जब ह्यारी मिट सेजल’ले बक्सअफिस विकेन्डमा ४७.५० करोडको व्यापार गरेको छ ।

बलिउडले आशा गरेको ‘जब ह्यारी मिट सेजल’ले घरेलु बक्सअफिसमा सोचे जस्तो व्यापार गर्न सकेन । शुकबार १५.२५ करोड नेट कमाएको सिनेमाको कलेक्सन शनिबार लगभग समान रह्यो । शनिबार १५ करोडको व्यापार गरेको सिनेमाले आइतबार २५ प्रतिशत बढोत्तरी गर्दै १७.२५ करोडको व्यापार गर्यो ।

तिन दीनमा सिनेमाले ५० करोडको आँकडा पार गर्न सकेन । दर्शकबाट नकारात्मक प्रतिक्रिया बटुलेको सिनेमाले बक्सअफिसमा आफुलाई राम्रोसँग उठाउँन सकिरहेको छैन । यसको प्रत्यक्ष फाईदा ‘मुबारंका’लाई मिलेको भारतीय मिडियाहरुले लेखेका छन् । ‘मुबारंका’ले दोस्रो विकेन्डमा ६.०८ करोडको व्यापार गरेको छ ।

यध्द्पी सिनेमाले भारतीय रक्षा बन्धनको अवसरमा सोमबार राम्रो व्यापार गर्न सक्ने आँकलन गरिएको छ । इम्तियाज अलि निर्देशित सिनेमा ७५ करोड भन्दा बढीको लागतमा निर्माण भएको हो ।