‘जब ह्यारी मिट सेजल’द्वारा पछिल्लो ६ वर्षकै कमजोर ओपनिङ !

‘जब ह्यारी मिट सेजल’द्वारा पछिल्लो ६ वर्षकै कमजोर ओपनिङ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा ‘जब ह्यारी मिट सेजल’ले बक्सअफिसमा कमजोर व्यापारको सुरुवात गरेको छ । पहिलो दिन १५.२५ करोडको कमाउँदा शाहरुख खानको करियरमा अर्को फल्प सिनेमा पर्न सक्ने संकेत देखिएको छ ।

पछिल्ला ६ वर्षमा शाहरुख खान अभिनित सिनेमाहरुमा ‘जब ह्यारी मिट सेजल’को यो सबै भन्दा कमजोर ओपनिङ हो । शाहरुखको अघिल्लो वर्ष रिलिज भएको ‘फ्यान’ बक्सअफिसमा फल्प सावित भएको थियो । पछिल्लो ६ वर्षमा रिलिज भएका ‘रावण’ १८, ‘डन २’ १५.३०, ‘जब तक हे जान’ १५.२३, ‘चेन्नई एक्सप्रेस’ ३३.१०, ‘ह्याप्पी न्यु ईयर’ ४२.६०, ‘दिलवाले’ २१, ‘फ्यान’ १९.२० र ‘रईस’ले २०.४२ करोडको ओपनिङ गरेका थिए ।

इमियाज अलि निर्देशित सिनेमा ७५ करोड माथिको बजेटमा निर्माण भएको बताईएको छ । यो सिनेमाले आफुलाई बक्सअफिसमा हिट तुल्याउँन सय करोड माथिको व्यापार गर्नु पर्नेछ । तर, कमजोर समिक्षाका कारण आउँने दिनमा ‘जब ह्यारी मिट सेजल’को व्यापार ओरालो लाग्ने अनुमान गरिएको छ । शाहरुख खान र अनुष्का शर्माले ५ वर्ष अगाडी ‘जब तक हे जान’ हिट दिएका थिए । जुन सिनेमा अजय देवगनको ‘सन अफ सर्दार’सँग बक्सअफिसमा भिडेको थियो ।